देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

0

काठमाडाैं – सत्तारुढदल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (सोमबार) बस्दैछ । बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

गत शुक्रबारबाट सुरु भएको माओवादी केन्द्रीय कमिटी बैठक आइतबार बिहान बस्ने भनिएपनि दुई पटकसम्म सारिएर अन्त्यमा स्थगित नै गरिएको थियो।

माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी पनि थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा  छलफल  भएको थियो ।

ढकालका अनुसार बैठकको कार्यसूची  कार्ययोजना  निर्माण  र संगठन हुनेछ । गत पुसमा सम्पन्न  माओवादीको आठौँ  महाधिवेशनले २४७ केन्द्रीय  सदस्य  चयन गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार