देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादी केन्द्रको प्रतिबद्धतापत्र सार्वजनिक, पूर्णपाठ सहित

0

काठमाडौं – नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रको नेतृत्वमा मात्रै नयाँ नेपाल बनाउने सपना साकार पार्न सकिने दाबी गरेका हुन्।

प्रतिबद्धतापत्रमा भनिएको छ, ‘हाम्रो पार्टी वर्तमान संविधान, लोकतन्त्र र परिवर्तनलाई ऐतिहासिक महत्वको क्रान्तिकारी उपलब्धि ठान्दछ र यसको रक्षा गर्न दृढ छ । सामाजिक न्यायसहितको समृद्धिको तत्कालीन लक्ष्य र समाजवादको रणनीतिक लक्ष्य पूरा गर्न स्पष्ट एवम् दृढ शक्ति ने.क.पा. (माओवादी केन्द्र) मात्र हो। तसर्थ, हाम्रो पार्टीले राज्यको नेतृत्व गरे मात्र यो मूल कार्यभार पूरा गर्न सम्भव हुनेछ।’

‘संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने छ । १६५ सिटको प्रतिनिधिसभा र ५५ सिटको राष्ट्रियसभा भएको संघीय संसद र समग्रमा ३३० सिटको प्रदेशसभा हुनेछ,’ प्रतिबद्धतापत्रमा उल्लेख छ।

प्रतिवद्धतापत्रको पुर्ण पाठ –

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार