देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

0

काठमाडौं – सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक  बस्दैछ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

महराका अनुसार आजको बैठकमा अर्थमन्त्रीको बारेमा पनि छलफल हुनेछ। संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्न सक्ने सम्भावना छ।

प्रवक्ता महराका अनुसार मधेश प्रदेशमा साउन २९ मा तोकिएको बैठको भदौ  २ मा हुने भएको छ। यस्तै लुम्बिनी प्रदेशको साउन २६ का लागि निर्धारित बैठक भदौ १ मा र कर्णाली प्रदेशको बैठक भदौ २९ मा हुनेछ।यस्तै सुदूरपश्चिम प्रदेशको बैठक भदौ ४ मा बस्ने उनले बताए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार