देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादी केन्द्रले ब्यूँतायो वाईसीएल, दुई लाखलाई नयाँ सदस्यता दिइने

0

काठमाडौं – नेकपा माओवादी केन्द्रको सहायक संगठनको रुपमा चिनिने योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ। सर्वोच्च अदालतले माउ पार्टी नेकपा माओवादी केन्द्र ब्यूँताएपछि चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो।

वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटाले लिगको चौँथो बैठकले जेष्ठ २८, २९ र ३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी दिए। बैठकले संगठनमा दुई लाख सदस्य थप गर्ने निर्णय पनि गरेको छ।

२०७५ जेठ ३ गते तत्कालिन माओवादी केन्द्र र एमालेबीच एकीकरण भएर नेकपा बनेसँगै वाईसीएल युवासंघमा समाहित भएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार