देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना, अध्यक्ष प्रचण्डको भेटघाट बन्द

0

काठमाडौं – नेकपा माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोनाभाइरस संक्रमण भएको छ । मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको माओवादी सचिवालयले जनाएको छ ।

कार्यालयका सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइर संक्रमण भएपछि  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार (आजै)बाट भेटघाट बन्द गरेका छन् ।

केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई समेत कोभिड– १९ सङ्क्रमणको पुष्टि भएकाले तत्कालका लागि भेटघाटका कार्यक्रम स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।

पार्टीको नियमित कामलाई केन्द्रीय कार्यालयमार्फत नै व्यवस्थित गर्ने प्रयास गरिएको जानकारी दिँदै अध्यक्ष प्रचण्डका स्वकीय सचिव गङ्गा दाहालले कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गरिने बताइन ।

प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्ति :

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार