देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादी केन्द्रीय समितिको बैठक बस्दै, यि हुन् एजेण्डा

0

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले  केन्द्रीय समितिको बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही माघ २८ र २९ गतेका लागि केन्द्रिय समितिको बैठक बोलाइएको हो।

उनका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), स्थानीय तहको निर्वाचनको घोषणापछिको अवस्था, पार्टीको पदाधिकारी चयनलगायतका विषयमा छलफल हुनेछ।

बैठकमा केन्द्रीय सदस्यको मनोनयन, पोलिटव्यूरो , स्थायी समितिको चयन एवम् पदाधिकारी चयन गर्ने र अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाइएको माओवादीले जनाएको छ।

गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार