देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादी चुनावी पोस्टरमा कुलमानको फोटो

0

काठमाडौं – नेकपा माओवादी केन्द्रले चुनावी प्रचारको पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेको छ।

प्रचण्ड, नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखिएको पोस्टर ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुकबाट सार्वजनिक भएको हो ।

घिसिङको पोस्टर माओवादीले चुनावी प्रचारका लागि प्रयोग गरेकोमा सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो नि:शुल्क बिजुलीको’ लेखेर प्रचण्डको फेसबुकबाट माओवादीले चुनावी प्रचार गरेको छ। उक्त पोस्टरमा अँध्यारोबाट उज्यालोतर्फको यात्रा लेखिएको छ।

प्रचण्डको फेसबुकबाट यो पोस्टर बुधबार बिहान सार्वजनिक भएपछि माओवादी नेता/कार्यकर्ताले आफ्नो वालमा सेयर गर्न थालेका छन्।

पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धन सरकारले घिसिङलाई फेरि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार