देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादी नेता श्रेष्ठलाई कोरोना संक्रमण

0

काठमाडौं – माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ ।

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको श्रेष्ठले जनाएका छन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई सतर्क हुन पनि सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

श्रेष्ठका अनुसार उनी अहिले होम आइसोलेसनमा छन् । अबको १४ दिन कसैसँग भेटघाट नगरी आइसोलेसनमा बस्ने उनले जनाएका छन् ।

माओवादीले हालै देशभरका नेता–कार्यकर्ता भेला पारेर राजधानीमा महाधिवेशन गरेको थियो । जसमा सहभागीमा धमाधम कोरोना पुष्टि हुन थालेको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार