देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादी महाधिवेशन, ११ समूहको छलफल सकियो, बाँकी बिहीबार ११ बजेदेखि

0

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौँ महाधिवेशनको तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो धारणा राखेका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा भवनको सभाहलमा चलिरहेको बन्दसत्रमा बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएका हुन् ।

११ समूहले निष्कर्ष सुनाएपछि बुधबारको छलफल सकिएको माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार बिहीबार बिहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलफलको निष्कर्ष सुनाउने कार्यक्रम रहेको छ ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदा प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ समूह बनाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार