देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादी र जसपाको कुरा मिलेन

0

काठमाडौँ – सत्ता समीकरणका विषयमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा)बीच भएको छलफल विनानिष्कर्ष सकिएको छ । बुधबार भएको दुई पार्टीका नेताहरूको छलफलमा कुनै सहमति नभएको जसपा वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

‘हामीले जसले हाम्रा मुद्दा सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाउँछ । उसैलाई सहयोग गर्छौं, उधारो सहमतिमा सहयोग गर्दैनौं भन्यौं,’ महतोले भने, ‘उहाँहरूले सहयोग गर्छौ भन्‍नुभयो । तर, ठोस कुरा केही नभएकाले बैठक कुनै निष्कर्षमा पुगेन ।’

जसपाले पार्टीका निलम्बिन सांसद रेशम चौधरीको रिहाइ, २०४८ सालको निर्वाचनमा मतदाता नामावलीमा नाम रहेका सबै र उनीहरूका सन्ततीलाई नागरिकता दिइनु पर्ने तथा जलेश्‍वर घटनामा थुनामा राखिएका नेता कार्यकर्तालाई बिनासर्त रिहा गर्नु पर्ने लगायतका माग राखेको छ ।

आफूहरुले लिखित प्रतिबद्धता खोजेपनि त्यो माओवादीबाट आउने अवस्था आजको वार्तामा नदेखिएको महतोले बताए । ‘हामीले ठोस प्रतिबद्धता खोजेका थियौं । तर, उहाँहरूबाट त्यो प्रतिबद्धता आएन । हाम्रो अर्को पक्षसँग पनि कुरा भइरहेको छ । जसले हाम्रा माग पूरा गर्छ, हामीले त्यसैलाई सहयोग गर्छौं,’ महतोले भने ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार