देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादी सांसदको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो

0

काठमाडौं – माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको अभिव्यक्ति संघीय संसद्को रेकर्डबाट हटाइएको छ।

‘कोभिड संकटको वेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको’ भन्ने दाहालको अभिव्यक्ति संघीय संसद्को रेकर्डबाट हटाइएको हो।

शनिबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद दाहालले दिएको सो अभिव्यक्तिसहितको शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बतापछी संसद्को रेकर्डबाट हटाइएको हो ।

गत जेठ १० गते सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीमाथि आरोप लगाउँदै सो अभिव्यक्ति दिएको भन्दै एमालेले शुक्रबार संसद् बैठक अवरुद्ध पारेको थियो।

एमालेले सांसद दाहालको सो अभिव्यक्तिबारे सरकारले जवाफ नदिएसम्म संसद् बैठक सुचारु हुन नदिने अडान लिँदै आएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार