देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माघे संक्रान्तिमा सार्वजनिक बिदा

0

काठमाडौं – सरकारले माघ १ गते अर्थात माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिका हुन् ।

’यो बिदा थारु जातीका लागि होइन, अरु जातीले पनि मनाउाछन् । जनताको भावना, आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ,’ ओलीले भने ।

आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउादे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार