देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माथिल्लो दोर्दी ‘ए’ आयोजनाको लागत ६७ करोड बढ्यो

0

(काठमाडाैं) – लमजुङमा निर्माणाधिन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको लागत झण्डै ६८ करोड रुपैयाँले बढेको छ । २०७२ बैशाख १२ को भूकम्प, नाकाबन्दी र गत असारमा आएको बाढी पहिरोका कारण आयोजनाको लागत ६७ करोड ६० लाख ९५ हजार रुपैयाँले बढेको अनुमान छ ।

३ अर्ब ९६ करोड लागत अनुमान गरिएको आयोजनाको लागत बढेर ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९ सय २१ रुपैयाँ पुगेको आयोजनाको निर्देशक राजेन्द्र वस्तीले बताए । १५ करोड ८४ लाख रुपैयाँ प्रति मेगावाट लागत अनुमान गरिएकोमा अहिले १८ करोड ५४ लाख लागत अनुमान गरिएको छ ।

आयोजनाको काम ९६ प्रतिशत सम्पन्न भईसकेले आगामी चैतबाट विद्युत उत्पादन थाल्ने तयारी भएको छ । निर्देशक राजेन्द्र वस्तीका अनुसार भूकम्प, नाकाबन्दी र बाढीले आयोजनाको समय धकेलिएको छ । बाढीले पुरिएका संरचना अहिले मर्मत भईरहेको छ । बाँधक्षेत्र, टनेल र पावर हाउसको काम तीब्र गतिमा अघि बढाएको प्रवद्र्धक लिबर्टी इनर्जी कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक आत्माराम घिमिरे बताए ।

उनका अनुसार गत भदौ १४ गते सक्नुपर्ने उक्त आयोजना निर्माण भइरहादा साउन ८ गतेको भीषण बाढीपहिरोले बाँधमा क्षति पुर्‍याएप्छि समयअवधि लम्बिएको हो । आयोजनाका अनुसार निर्माण अवधि ७ महिना लम्बिएको छ । आयोजनाका साइट प्रोजेक्ट म्यानेजर सुरेशप्रसाद जोशीका अनुसार आयोजनाको बाँध, डिसेन्डर तथा गेट लगायत सिभिल संरचनाको कार्य ९४ प्रतिशत सकिएको छ ।

सुरुको निर्माणकार्य सकिएको छ । पेनस्टक लगायत हाइड्रो मेकानिकल कार्य ९९ प्रतिशत सकिएको छ । विद्युत गृहमा उपकरण जडान लगायत इलेक्ट्रो मेकानिकलतर्फ ९४ प्रतिशत सकिएको छ । स्वीचयार्ड निर्माण ९० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । सुरुङको निर्माणकार्य वाइबा इन्फ्राटेक प्रालिले गरेको हो ।

पेनस्टकको सिभिल र हाइड्रोमेकानिकलको कार्य माछापुच्छ्रे जेभीले गर्दै आाएको छ । हेडवक्र्स र पावरहाउस बज्रगुरु कन्ट्रक्सन प्रालिले गरिरहेको छ । उनका अनुसार उत्पादित विद्युत विद्यृतगृहबाट १ सय ३० मिटर पर निर्माण भइरहेको १३२ केभीको दोर्दी करिडोर राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ ।

आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंकले ऋण लगानी गरेका छन् । आयोजनामा ७० प्रतिशत बैंक कर्जा र ३० प्रतिशत प्रवद्र्धकको स्वपूँजि (इक्वीटी) रहेको छ । आयोजनाले प्रभावित क्षेत्रको विकासका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको छ । निर्माणाधिन अवस्थामा ४ करोड र निर्माणपछि २ करोड खर्च गरिने गरी बजेट विनियोजन गरेको आयोजनाले जनाएको छ । आयोजनाको निर्माणकार्य २०७१ फागुनबाट सुरु गरिएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार