देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माधब नेपालको जनै खटिरोमा केपी ओलीको कालो तिल

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – बुधबार साँझ एमाले विवाद सल्ट्याउन भन्दै कार्यदलको पहलमा होटल मेरियटमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच झण्डै दुई घण्टा वार्ता भएको थियो ।

उक्त भेटघाटको शुरुमा अध्यक्ष ओली र नेता नेपाल मात्र भेट हुँदा सञ्चो बिसञ्चोको औपचारिकता भएको थियो । स्रोतका अनुसार त्यहि क्रममा नेपालले आफूलाई भुँडी र अगाडिको भागमा जनै खटिराजस्तो पानीसरा आएको बताएका थिए । प्रधानमन्त्रीले हेर्न खोजेपछी नेता नेपालले रातो खटिरा भएको पेट देखाउँदै भने “यसले एक हप्तादेखी दु:ख दिएको छ ।”

नेता नेपालको रातो खटिरा भएको पेट हेरेपछी प्रधानमन्त्री ओलीले पानीसराको औषधि बताउँदै नेपाललाई भने “कालो तिल आफैँले चपाएर थपकथपक लगाइदिनुहोला । तिल चपाउँदा पनि आनन्द आउँछ । चपाउँदै मसिनो पार्दै त्यो लेप लगाइदिनुहोस् । त्यसरी लगाउँदा सँगसँगै पोलिरहेको पानीसरा,फोका,त्यो जीलजील गर्ने फोकाहरू समाप्त हुन्छ र बिस्तारै केही घण्टाभित्र सुक्छ ।”

प्रधानमन्त्री ओलीले सुझाएको औषधी त नेता नेपालले लगाए लगाएनन् तर त्यो दिनको छलफल भने विना निष्कर्ष टुङ्गिएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार