देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘माधव नेपाललाई बोलाएको कुनैपनि बैठकमा जाँदैनौँ’- एमाले महासचिव पोखरेल

0

काठमाडौं – नेकपा (एमाले)ले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई बोलाएको कुनैपनि बैठकमा नजाने भन्दै सर्वदलिय बैठकमा पनि नजाने निर्णय गरेको छ ।

संसदमा प्रमुख प्रतिपक्षी दलसमेत रहेको एमालेले आजको सर्वदलिय बैठकमा सहभागी नहुने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलिय बैठक बोलाएका छन् । तर एमालेले भने माधव नेपाल सहभागी भएको बैठकमा नजाने बताइसकेको छ ।

एमाले महासचिव शंकर पोखरेलले भनेका छन्, ‘एमालेले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा हामी सहभागी हुँदैनौँ। सर्वदलीय बैठकमा को–को उपस्थित हुन्छन् भन्ने कुराले हामी उपस्थित हुने र नहुने भन्ने भर पर्छ । हामीले मान्यता नदिएका नगरेकाहरूलाई बोलाए त हामी कसरी उपस्थित हुने ?’

सरकारले एमसीसी बारे साझा धारणा बनाउन सर्वदलिय बैठक आह्वान गरेको हो । एमालेको अवरोधका कारण संसदसमेत चल्न सकेको छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार