देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

0

काठमाडौं – नेकपा एमालेले आफुले कारबाही गरेका १४ सांसदविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदलाई संसदबाट हटाउनु पर्ने माग राख्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले रिट दायर गरेका थिए।

एमालेबाट अलग हुनुअघि  नेपालसहितका १४  सांसदलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भन्दै ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ । यसअघि फागुन २९ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइका लागि आइतबारका लागि मिति तोकेको थियो ।

२० गते सुनुवाइ सकिएसँगै अदालतले यसमा फैसला सुनाउनेछ। एमालेले कारवाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र त्यसकै आधारमा निर्वाचन आयोगले एकीकृत समाजवादी नामक दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओलीले रिट दायर गरेका थिए ।

पटकपटक सर्दै आएको रिटमा आइतबार फैसलामा जानेगरीआज अन्तिम सुनुवाइ हुनेछ। सांसद पदमुक्तको विषयलाई लिएर एमालेले ६ महिनायता निरन्तर संसद अवरुद्ध गर्दै आएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार