देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माधव बूढानीलकण्ठ गएपछि खनाल पुगे बालुवाटार

0

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री दाहाल र नेता खनालबिच बिहान नौ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । 

यसअघि बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सांसद मेटमणि चौधरी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निजी निवास बूढानीलकण्ठ पुगेका थिए ।

बूढानीलकण्ठमा सभापति देउवा, अध्यक्ष नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको थियो ।  

माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको केन्द्र सरकारमा सहभागी एकीकृत समाजवादीभित्र सरकार छाड्ने कि नछाड्ने भन्नेमा मतभेद छ । खासगरी सरकार सञ्चालनका विषयमा दाहाल र एमाले अध्यक्ष ओलीले आफूसँग कुनै छलफल नगर्ने गरेको गुनासो अध्यक्ष नेपालले गर्दै आएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार