देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माननियहरु झन् लोभी हुन्छन्…

0
<p>भवनाथ आचार्य</p>

भवनाथ आचार्य

  • भवनाथ आचार्य

काठमाडौं – संघिय सांसदहरु कतिपय आफ्नै सवारी साधनमा काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन आउने जाने गर्छन भने कोहिलाई आफ्नाले लाने ल्याउने गर्छन् । हुन त पैदल आवत जावत गर्न बानेश्वर आसपासमा डेरा गरेर बस्ने माननिय सांसदहरु पनि नभएका होइनन् । यसका अलावा सार्वजनि सवारीसाधन विशेषगरी पठाओ इनड्राइभ प्रयोग गरेर संसद ओहोरदोहोर गर्ने माननियहरुको संख्या पनि कम्ति भने छैन ।

संसदको बैठक छ भनेपछी भनेपछी अन्त टिप नलाग्दा संसद परिसरतिरै यात्रु कुरेर बस्ने मध्येका एक हुन् दोलखाका दिपेश तामाङ । भक्तपुर बस्ने तामाङ सदाझैं शुक्रबार संसद भवनको गेट नजिकै हुँदा एक माननियले सोधे – ‘पठाउ हो ?’ उनले ‘हो’ भनेपछी टोखा लगिदिन अनुरोध गर्दै ति माननियले सोधे ‘पैसा कति लिन्छौ ?’ उनले ति माननियको मुखैमा नहेरी जवाफ दिए ‘दुई सय पचास ।’ ‘अस्ति त दुईसय तिसमा गएको आज कसरी दुईसय पचास लाग्छ ?’ ति माननियले अलि झर्कँदै भनेपछी राइडर तामाङले भने ‘हेर्नुस न सिस्टमले त्यति देखाउँछ ।’

त्यसपछी ति माननियले भन्न ‘थाले के को सिस्टम कसको सिस्टम देश त सिस्टममा चल्या छैन जाबो भाडाको मोटरसाइकल चालकले सिस्टमका कुरा गर्छ ।’ उनले मानजनियको कुरा त सुने तर नसुने जस्तो गरेर भने ‘दुईसय चालिस दिनुस न ।’ उसको आवाजलई हावामा उडाउँदै ति माननिय अर्को राइडर तर्फ लागेपछी यो सबै चालामाला नजिकैबाट नियालीरहेको यो लेखकले सोध्यो भाई कुरा मिलेन ? उसले भन्यो मिलेन नि दाई ‘यिनिहरु माननियको लोगो लाउँछन् । भत्ता खान्छन् । साथि मिलेर बस्यो भने महङ्गो होटेलमा एकै बसाईमा हजारौं सक्छन् । तर हामी परिश्रम गरेर खानेलाई दश रुपैंयाँमा यस्तो गर्छन् । माननियहरु झन् लोभी हुन्छन् ।’

यो मेरालागि अनपेक्षित उत्तर थियो तर उसको मनको मनोभाव पिडा रिस आवेग उत्तेजना एकैसाथ ओकलिएको सहजै अनुमान गर्न सकिन्थ्यो । त्यो लोगो तिनको छातिमा टाँस्नका निम्ति हुँदाखाने र हुनेखानेको मतभार त बराबर थियो होला । यिनै भुइँमान्छेको पनि त्यत्तिकै महत्व थियो होला । तर आज आफु उभिएको धरातलनै भुसुक्कै बिर्सनेले देश र जनताका लागी के गर्लान भनेर आश गर्नु खोइ ?

खर्चमा मितव्ययिता अपनाउने कुरामा त सहजै सहमत हुन सकियो तर आफु स्वयम् देशको तिति निर्माणको तहमा बसेर एउटा माननियले एउटा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने सवारी चालकको दश रुपैंयाँमा मुलुकको सिस्टमको कुरा गर्नु कहाँसम्म न्यायोचित कुरा हो ? भन्नेचाहिँ महत्वपुर्ण कुरा हो ।

के यो देशको सम्पुर्ण सिस्टम बिग्रनुमा यि र यस्ता मजदुरको प्रत्यक्ष संलग्नता छ ? यिनका कारण देश बर्बाद भएको हो ? होइन भने उत्तर दिनेले निहत्था नागरिकलाई दोष थुपारेर आफु पन्छिने छुट कसैलाई छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार