देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मानव बेचविखनमा संलग्न फरार प्रतिवादी पक्राउ

0

काठमाडौं – मानव बेचविखनमा संलग्न फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने सिन्धुपाल्चोक साविक सिन्धुकोट गाविस-२ स्थायी घर भएकी ५० वर्षीया अनिता तामाङ भन्ने अनिता सुनुवारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

२०७३ चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी ५ जनालाई गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, दुवई, कतार, मोजाम्बिक हुँदै साउथ अफ्रिकासम्म पुर्‍याई बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी बन्धक बनाएका थिए ।

शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४/५ महिनासम्म बन्धक बनाएको घटनामा संलग्न रहेकी उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिल कुमारीगालबाट पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न ताप्लेजुङ, मिरिङदेङ गाउँपालिका-४ स्थायी घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई सोही व्यूरोबाट खटिएको प्रहरीले मङ्सिर १६ गते पक्राउ गरेको थियो । उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको उक्त व्यूरोले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार