देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मापदण्ड बनाएरमात्रै राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउँछौं – गगन थापा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न मापदण्ड आवश्यक रहेको बताएका छन्।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बुधबार भएको संस्थापन इतरको बैठकमा सहभागी भएका उनले राष्ट्रिय सभा निर्वाचनमा पार्टीले मापदण्ड बनाएरमात्रै उम्मेदवार बनाउने बताए।

यसअघि सम्मपन्न भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा पार्टीले कुनै मापदण्ड नबनाएको र पार्टीभित्रै नेताहरूलाई न्यायपूर्ण व्यवहार नगरेको भन्दै महामन्त्रीले थापाले राष्ट्रियसभा निर्वाचनमा त्यस्तो हुन नदिने प्रस्ट पारेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवालाई दबाब सिर्जना गरेर सिंगो कांग्रेसको सभापति बन्न आग्रह गरिने उनको भनाइ छ। ‘यसअघि सम्पन्न तीनवटा चुनावमा कुनै मापदण्ड बनाइएन। पार्टीमा धेरै विभेद् भयो। न्याय गर्नुपर्नेमा सभापतिले आफैं विभेद् गर्नुभयो। आफ्नो समूहलाई मात्रै हेर्नुभयो। राष्ट्रिय सभा निर्वाचनमा हामी त्यस्तो हुन दिन्नौं। सिंगो कांग्रेसको सभापति बन्न दबाब दिन्छौं,’ उनले भने।

शेखर कोइराला समूह सम्मिलित बैठकमा तीन विषयमा बढी छलफल भएको महामन्त्री थापाले बताए। राष्ट्रिय सभा निर्वाचनमा मापदण्ड तयार गर्ने, नेता कार्यकर्तालाई समानरूपले न्यायपूर्ण व्यवहार गरिने र सुशासनका सबालमा छलफल भएको महामन्त्री थापाको भनाइ छ। पार्टीभित्र निर्वाचनमा पराजित भएका सामानुपतिक सूचीमा रहेकालाई राष्ट्रिय सभामा उम्मेदवार बन्न नदिन चौतर्फी दबाब सिर्जना भएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार