देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मालपोत कार्यालय चितवनका ३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय चितवन भरतपुरका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले लेखा अधिकृत रिठ्ठे दर्जी, लेखापाल बलराम सापकोटा र नायब सुब्बा मनोज कुमार निरौलाविरुद्ध आयोगले आज आरोपपत्र दायर गरेको हो । आयोगले उनीहरु विरुद्ध ७ करोड ७१ लाख ३२ हजार रुपैयाँ विगो माग गदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राजस्व बापत उठेको रकम मध्ये उनीहरुले २ करोड ५८ लाख ३ हजार २ सय ३१ रुपैयाँ मात्र बैंकमा दाखिला गरेको तथा बाँकी रहन आउने ४ करोड ५० लाख १३ हजार ८ सय ६ रुपैयाँ हिनामिना गरेको दाबी आयोगको छ ।

अयोगले लेखा अधिकृत दर्जीविरुद्ध ७ करोड ८ लाख १७ हजार ३७ रुपैंयाँ, लेखापाल सापकोटाविरुद्ध ५८ लाख ४३ हजार ८ सय ६ रुपैयाँ र नासु निरौलाविरुद्ध ४ लाख ७१ हजार ६ सय १८ रुपैयाँ बिगो माग गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार