देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मित्रमिलन सहकारीका थप २ फरार प्रतिवादी पक्राउ

0

काठमाडौं – पोखराका मित्रमिलन बचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष भरत भट्टराईसहित २ जना पक्राउ परेका छन्। सहकारीको रकम अपचलन गरेको अभियोगमा मुद्दा खेपिरहेका उनीहरु हालसम्म फरार थिए।

पोखरा २१, कृस्ती निवासी ३० वर्षीय भट्टराई सहकारीका पूर्व अध्यक्ष हुन्। सोही ठाउँका २८ वर्षीय सुवास अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तनहुँको शुक्लागण्डकी नगरपालिका वडा १, कोत्रेबाट पक्राउ गरी आइतबार जिल्ला अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले बताए।

संस्थाको करिब ३२ करोड आर्थिक अपचलन हुने गरी भएको ठगी अभियोगमा ३३ जनाविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार