देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मिर्गौलाका बिरामीको निःशुल्क कोरोना बीमा

0

रुपन्देही  – बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलायसिस गराइरहेका बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम दिनहुँ बढ्दै गएको र मिर्गौलाका बिरामी संक्रमणको उच्च जोखिममा रहेकाले सो अस्पतालले निःशुल्क बीमा गरिदिने निर्णय गरेको हो ।

अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसँग सम्झौता गरी निःशुल्क रुपमा एक लाख रुपैयाँको कोभिड–१९ बीमा गर्ने निर्णय गरिएको बताए ।

सरकारले मिर्गौलाका बिरामीको डायलायसिस निःशुल्क गरेपनि अन्य औषधि तथा बेलाबेलामा गर्नुपर्ने प्रयोगशाला परीक्षणलाई निःशुल्क गरेको छैन । अस्पतालले भने डायलायसिसबाहेक बेलाबेलामा गर्नुपर्ने रुटिन र भाइरल टेष्टसमेत सबै बिरामीको निःशुल्क गर्दै आएको छ ।

त्यस्तै अतिविपन्न, परिवारबाट अपहेलित तथा परिवारमा रेखदेख गर्ने कोही नभएका मिर्गौलाका बिरामीको औषधि वितरण तथा अन्य उपचार पनि अस्पतालले निःशुल्क गर्दै आएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार