देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मिस नेपाल-२०२३ काे उपाधि श्रीच्छा प्रधानलाई

0

काठमाडौं – ‘मिस नेपाल वर्ल्ड-२०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिबार भएको फाइनल राउन्डमा उनले उपाधि जितेकी हुन् ।

हिडन ट्रिजरले आयोजना गरेको मिस नेपाल प्रतियोगितामा उनले अन्य प्रतियोगीलाई पछाडि पारेकी हुन् । पुर्व मिस नेपाल प्रियंकारानी जोशीले उनलाई मिस नेपालकाे ताज लगाइन् ।

२३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छिन् ।

यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन्। २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड-२०२३ काे उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार