देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मुख्यमन्त्रीले विश्वासको मत नपाउने छनक पाएपछी प्रदेश सभाको बैठक स्थगित

0

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले  विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक स्थगित भएको छ। 

मुख्यमन्त्री सोडारीको विश्वासको मतका लागि शुक्रबार बोलाइएको प्रदेश सभा बैठक स्थगित अन्तिम समयमा आएर स्थगित गरिएको हो।

सभामुख भीमबहादुर भण्डारीले प्राविधिक कारण आजको प्रदेश सभाको बैठक बस्न नसक्ने भन्दै स्थगित गरेको जानकारी दिए। एमाले विश्वासको मतको लागि हतारोमा बैठक आह्वान गरेको भन्दै तत्काल मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने अडानमा बसेको छ। 

एमालेले विश्वासको मत नदिएपछि बहुमत नपुग्ने हुँदा शुक्रबार आह्वान गरिएको बैठक स्थगित गरिएको हो। एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले शुक्रबार विश्वासको मत नदिने स्पष्ट पारेका थिए। 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार