देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मुख्यमन्त्री राईले विश्वासको मत लिँदै

0

काठमाडौं – प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव कात्तिक २८ गते नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन् ।

प्रदेशसभाबाट विश्वासको मत लिनुभन्दा दुई दिन अघि प्रस्ताव दर्ता गरिसक्नु पर्ने संसद नियमावलीको व्यवस्था अनुसार मुख्यमन्त्रीले आइतबार प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा हाल ९२ सदस्य कायम छन् । नेकपा माओवादी केन्द्र परित्याग गरेपछि ताप्लेजुङका सांसद टंक आङ्बुहाङको पद रिक्त भएको थियो ।

मुख्यमन्त्री राईलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनका ५० सांसदको समर्थन रहेको छ । मुख्यमन्त्री राईले गठबन्धनको सबै मत कायम रहने विश्वास व्यक्त गरेका छन् ।

विश्वासको मत लिने तयारी स्वरुप सोमबार सत्ता गठबन्धन दलहरुको बैठक बसेको थियो । बैठकले सत्तागठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार