देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मुख्यसचिवमा शंकरदास वैरागी नियुक्त

0

काठमाडौं – सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए ।

रेग्मीले कार्यकाल सकिनु केही दिन बाँकी हुँदा राजीनामा दिएका हुन् । रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । मुख्यसचिवमा शंकरदास वैरागी, केदार अधिकारी, मोहनकृष्ण श्रेष्ठ लगायत दौडमा थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार