देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मुख्यसचिव लोकदर्शन रेग्मीले दिए राजीनामा

0

काठमाडौँ – मुख्यसचिव लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल सकिनु केही दिन अघि मुख्यसचिव रेग्मीले पदबाट राजीनामा दिएका हुन् ।

रेग्मीको राजीनामा बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत पनि गरेको एक मन्त्रीले बताए । मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । उनले कार्यकाल सकिनु दुई साताअघि असोज २२ भन्दा अघि नै राजीनामा दिएका हुन् ।

रेग्मीले राजीनामा गरेकाले सचिवहरु शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्यसचिवका दावेदार छन् ।

मन्त्रिपरिषद्ले सचिव शंकरदास वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने र हालका रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने प्रस्ताव गर्न लागेको स्रोतले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार