देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘मुन्द्रेको कमेडी क्लब’मा दीपाको ठाउँमा करिश्मा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाण्डौं – चर्चित रियालिटी शो  ‘मुन्द्रेको कमेडी क्लब’ निषेधाज्ञा खुकुलाे भएसँगै पुन: सञ्चालन हुने भएको छ। कलाकार जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोना महामारीका कारण भएको लकडाउनसँगै स्थगित गरिएको थियो ।

लामो समयपछि सुरू हुँदा अब प्रसारण हुने शृ‌ंखलालाई ‘सिजन २’ भनिएको छ। पहिलो सिजनभन्दा फरक स्वाद दिन कमेडी क्लबमा केही हेरफेर गरिएको जितु नेपालले बताए।

नयाँ सिजनसँगै अध्यक्षमा निर्देशक दीपाश्री निरौलाको ठाउँमा नायिका करिश्मा मानन्धर देखिने छिन् ।त्यस्तै नयाँ सिजनमा करिश्मा बाहेक खड्गबहादुर पुन मगर पनि नयाँ अनुहार देखिने छन्। सिजन २ को पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८:४५ मा प्रसारण हुनेछ।

उनले भने, ‘नयाँ सिजनमा केही नयाँ कलाकारसँगै सेटअप पनि नयाँ देखिनेछ। पहिला टुरिजम बोर्डको साँघुरो कोठामा छायांकन हुन्थ्यो। यस पटक भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिरहेका छौं।’

हालसम्म चार भागको छायांकन गर्ने काम सकिइसकेको सिजन २ को पहिलो भागमा रेखा थापा अतिथिका रुपमा आउने छिन्। कोरोना महामारीको जोखिम कायम रहेकाले छायांकनका बेला स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शर्तकता अपनाइएको समेत उनले बताए।

पहिलो सिजनबाट बाहिरिएपछि दीपाश्रीले फेसबुक स्टाटस मार्फत जितु नेपाल र मुन्द्रेको कमेडी क्लब समूहलाई धन्यवाद दिएकी छिन्। उनले निकट भविष्यमा टेलिभिजनको पर्दामा आउने जानकारीसमेत दिएकी छिन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार