देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मुम्बईसँग राजस्थान रोयल्स ५७ रनले पराजित

0

एजेन्सी – मुम्बई इण्डियन्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

अबुधाबीमा मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । जितका लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमा अल आउट भयो ।

राजस्थानका लागि ओपनर जस बटलरले सर्वाधिक ७० रनको योगदान दिएपनि एकल प्रयास टोलीलाई जिताउन पर्याप्त रहेन । राजस्थानबाट बटलर बाहेक जोफ्रा आर्चरले ११ बलमा २४, टम कुरानले १५ र माहिपाल लोमरोरले ११ रन बनाए ।

टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । मुम्बईका स्ट्राइक बलर जस्प्रित बुमराहले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए ।

त्यस्तै जेम्स प्याटिन्सनले ३.१ ओभरमा १९ र ट्रेन्ट बोल्टले ४ ओभरमा २६ रन खर्चेर २–२ तथा किइरन पोलार्ड र राहुल चहारले १–१ विकेट लिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार