देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मुम्बई आईपीएलको फाइनलमा, देल्लीको लज्जास्पद हार

0

एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट २०२० को फाइनलमा प्रवेश गरेको छ ।दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा बिहीबार राति भएको पहिलो क्वालिफायरमा देल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।

यसअघि मुम्बई पाँच पटक फाइनलमा पुग्दा चार पटक उपाधि जितेको थियो । जितको लागि २ सय १ रनको विजयी लक्ष्य पछएको देल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । दिल्लीका मार्कस स्टोइनिसले ४६ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६५ रनको योगदान दिए ।

यस्तै, अक्षर पटेलले ४२ रन जोड्दा कप्तान श्रेयस एयरले १२ रन जोडे । कागिसो राबडा १५ रनमा अविजित रहे । पृथ्वी श, शिखर धवन, अजिन्का रहाने र डानिल साम खाता नखोल्दै आउट भए । देल्लीलाई सस्तैमा समेट्न मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए । ट्रेन्ड बोल्टले २ तथा कुर्नाल पाण्डय र केइरन पोलार्डले १/१ विकेट लिए । देल्लीले खराब सुरुवात गरेको थियो । शीर्षक्रमका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् ।

देल्लीको अर्को बाटो फाइनलमा पुग्ने सम्भावना कायमै छ । शुक्रबार रोयल च्यालेन्जर्स बेङ्लोर र सनराइजर्स हैदराबादबीच इलिमिनेटरको विजेताले देल्लीसँग आइतबार क्वालिफायर्स २ मा खेल्ने छ । क्वालिफायर्स-२ को विजेताले मुम्बईसँग मंगलबार फाइनल खेल्ने छ । मुम्बईले गत वर्ष चेन्नई सुपर किंग्सलाई पराजित गरी उपाधि जितेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो । मुम्बईका लागि इशान किसन र सूर्यकुमार यादवले अर्धशतकीय इनिङ्स खेले । किसनले अविजित रहदै ५५ रन जोड यादवले ५१ रन बनाए । यस्तै क्विन्टन डी ककले ४० रन जोड्दा हार्दिक पाण्डय ३७ रनमा अविजित रहे । हार्दिकले १४ बल खेल्दै अविजित ३७ रन जोडे । त्यस क्रममा उनले ५ छक्का प्रहार गरे ।

कप्तान रोहित शर्मा र केइरन पोलार्ड सुन्य रनमा आउट हुँदा कुर्नाल पाण्डयले १३ रन जोडे । देल्लीका रविचन्द्र आश्विनले ३ विकेट लिए । मार्कुस स्टोनिस र एनरिच नोर्टजेले १/१ विकेट लिए । साविक विजेता समेत रहेको मुम्बईले अब उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार