देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मुलुकलाई संकटबाट निकास दिन निर्वाचनमा जाने निर्णय : मन्त्री गुरुङ

0

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई संकटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नु परेको बताएका छन् ।

नमस्ते ख्वप टेलिभिजनले बिहीबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले ताजा जनादेश लिएर मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन प्रतिगामी नभई अग्रगामी भएको पनि स्पष्ट पारे ।

“मुलुकलाई संकटबाट निकास दिन ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको हो,” उनले भने, “जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन प्रधानमन्त्रीज्यूले चाल्नु भएको यस कदम प्रतिगामी नभई अग्रगामी हो ।”

मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय सही भएनभएको छुुट्याउने काम जनताले निर्वाचनबाटै गर्ने पनि बताए । लोकतान्त्रिक गणतन्त्रमा ताजा जनादेशमा जाने कुरा असंवैधानिक, प्रतिगामी हुनै नसक्ने मन्त्री गुरुङको तर्क थियो ।

जनतालाई सही सूचना दिने गरी सञ्चार प्रवाह गर्न सञ्चार माध्यामहरुलाई आग्रह गर्दै मन्त्री गुरुङले सञ्चारमैंत्री नीति निर्माणमा आफूू केन्द्रित भएको पनि दोहोर्‍याए । त्यसका लागि आफूले सरोकारवाला निकायहरुसँगको सहकार्यमा जोड दिएको उनको भनाई थियो ।

मन्त्री गुरुङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका कारण सञ्चार क्षेत्र लगायत कुनै पनि व्यवसायमा नकारात्मक असर नपर्ने बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार