देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मूर्ति चोरेको अभियोगमा कैद सजाय पाएका गैरसांसद लामालाई मन्त्री बनाउँदै माओवादी

0

काठमाडौं – कर्णाली प्रदेशसमा माओवादी केन्द्रबाट छिरिङ दमदोल लामा ‘कार्चेन लामा’ मन्त्री बन्ने भएका छन्।

केन्द्रीय नेतृत्वले नै गैरसांसद छिरिङ दमदोल लामा ‘कार्चेन लामा’)लाई मन्त्री बनाउन निर्देशन दिएपछी गैरसांसदलाई मन्त्री बनाउने निर्णय गरेको भन्दै पर्टिभित्रै उनको आलोचना भइरहेको छ ।

केन्द्रले प्रदेशको अधिकारमा हस्तक्षेप गरेर गैरसांसदलाई मन्त्री बनाउने निर्णय गरेको ती सांसदले बताए। ‘मन्त्री बन्नका लागि हामीसँग ५ जना सांसद छन्,’ माओवादी सांसद भन्छन्, ‘ ‘गैरसांसदलाई मन्त्री बनाउन निर्देशन दिएर पार्टी केन्द्रले निर्वाचित सांसदको अपमान गर्‍यो।’

गैरसांसदलाई मन्त्री बनाउने निर्णय दलको बैठकमा छलफल नै नभएको ती सांसदले बताए। ‘केन्द्रले कार्चेन कमरेडलाई जसरी पनि मन्त्री बनाउनू भनेर पत्र पठाएको रहेछ,’ ती सांसदले भने, यसमा हाम्रो केही लागेन।’

‘कार्चेन कमरेड गैरसांसद मात्रै होइन, उहाँ त फौजदारी अभियोग लागेको मान्छे हो’ माओवादीका अर्का एक सांसदले भने, ‘पार्टी जोगाउने हो भने पार्टीले गैरसांसदलाई मन्त्री बनाउने निर्णय सच्याउनुपर्छ।’

संसदीय दलका प्रमुख सचेतक समेत रहेका सांसद ठम्मर विष्टले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेरै यसबारे असन्तुष्टि पोखेका छन्।

‘कर्णाली प्रदेश सभाको उत्तार्धतिर यस्तै अर्को इपिसोड थपिएको छ, यहाँको सांगोपांगो राजनीतिमा। त्यो भनेको सांसद हुँदाहुँदै गैरसांसदलाई मन्त्री बनाउने अराजनीतिक कदम हो,’ सांसद विष्टले लेखेका छन्,‘मन्त्री बन्ने व्यक्तिको विरोध गर्न खोजेको पटक्कै होइन, तर राजनीतिक जिन्दगीमा अनेक पापड मोलेर जनताको मन जितेर आएका सांसदलाई धोबीको कुकुरजस्तो घरको न घाटको जस्तो बनाएर जनताबाट एकैचोटि मन्त्रीमा ल्याउने कुरा राम्रो निर्णय होइन।’

मन्त्रीका लागि सिफारिस गरिएका लामा मूर्ति चोरेको अभियोगमा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन्। २०४९ सालमा तिब्बतको खोचेरनाथ गुम्बाबाट मूर्ति चोरेर ल्याएको अभियोगमा यिनै लामासहित छिरिङ पाल्देन लामासमेतलाई जिल्ला अदालतले दुई/दुई वर्ष कैद र ५/५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार