देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इटालीमा लकडाउन खुकुलो पारिँदै

0

(काठमाडौं) – इटालीले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सात हप्ता अघि गरेको लकडाउन केही खुलुलो बनाउने तयारी गरेको छ ।

कोरोना भाइरसबाट बढी प्रभावित युरोपेली मुलुक इटालीमा मृत्युदरमा कमी आएसँगै लकडाउन खुकुलो बनाइने भएको हो । प्रधानमन्त्री जुजेपे कोन्टेले दोस्रो चरणको लकडाउनलाई खुकुलो पार्ने क्रम सुरू गरिने बताएका छन् ।

उनले मे ४ देखि दैनिक जीवनका कतिपय प्रतिबन्धहरू हटाइने बताएको बीबीसीले उल्लेख गरेको छ । उनका अनुसार मानिसहरूले मास्क लगाएर सानो संख्यामा आफन्तहरूको घरमा जान पाउने छन् । पार्कहरू खोलिने छन् तर विद्यालयहरूले सेप्टेम्बरसम्म कक्षा सुरु गर्ने छैनन् ।

इटलीले विश्वकै सबैभन्दा लामो लकडाउन सामना गरेको छ भने युरोपेली देशहरूमा सबैभन्दा धेरैको मृत्यु इटलीमै भएको छ । इटलीमा अमेरिका पश्चात् सबैभन्दा धेरै २६ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ । तर हाल त्यहाँ लगातार मृतकको संख्यामा कमी आइरहेको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार इटालीमा आइतबार एकैदिन २ सय ६० जनाको मात्र मृत्यु भएको छ । यो संख्या गत मार्च १४ यताको कम हो । कोभिड १९ का कारण त्यहाँ हालसम्म २६ हजार ६ सय ४४ जनाको मृत्यु भइसकेको छ भने करीब २ लाख संक्रमित भेटिएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार