देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेचीनगर नगरपालिकाकी उपमेयर चढेको गाडी जलाउने प्रयास

0

झापा – झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेती चढेको गाडी अज्ञात समूहले जलाउने प्रयास गरेका छन्।

उप्रेती चढेको मे १ झ १७२ नम्बरको गाडी मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआलीचोकबाट करिव पाँच सय मिटर पूर्व मोटरसाइकलमा आएका अज्ञात समूहले गाडी जलाउने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए।

प्रवक्ता थापाका अनुसार आगो लगाउनेको पहिचान भएर पक्राउको तयारी भएको छ। उपमेयर सँगै उनले चढ्दै आएको गाडी पनि सकुशल छ।

मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले भने, ‘उपमेयर सकुशल हुनुहुन्छ साथै उहाँले चढ्दै आएको गाडीमा पनि क्षति पुगेको छैन ।’नेपाल आयल निगमको चारआलीस्थित डिपो कार्यालयमा भएको एक कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालय फर्कदै गर्दा उक्त घटना भएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार