देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेडिकल विद्यार्थी श्रद्धा ‘ब्युटी पेजेन्ट’को अन्तिम ३० मा

0

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, काभ्रेपलाञ्चोकको रिठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा अन्तिम ३० भित्र परेकी छिन् ।

गत बुधबार कमलादीस्थित रोयल सिङ्गी होटलमा आयोजित अन्तिम ३० जना प्रतिस्पर्धी सार्वजनिक गरिएकोमा हाल काठमाडौँ मेडिकल कलेजमा एमबीबीएस तेस्रो वर्षमा अध्यनरत उनी अन्तिम ३० भित्र परेकी हुन् ।

विगत दुई वर्षदेखि काठमाडौँ मेडिकल कलेजको एक क्लबको सामुदायिक सेवा संयोजकको रुपमा समेत काम गर्दै आइरहेकी श्रद्धाको सानै उमेरदेखि नै सामाजिक कार्यमा रुचि थियो । यही संस्थामा आवद्ध भएर लैङ्गिक हिंसा र मानसिक स्वास्थ्यका बारेमा जागुरुक गराउने क्रममा उनले आफ्नै हब नेपाल नामको संस्था पनि खोलेकी छिन् ।

संस्थाले विभिन्न विद्यालय तथा समुदायमा गएर मानसिक स्वास्थ्यका साथै हिंसाका बारेमा जनचेतना जगाउँदै आएको छ । अर्को रोचक कुरा के छ भने मेडिकल विद्यार्थी रहेकी उनी ब्युटी पेजेन्टमा समेत सहभागी भइरहेकी छिन् ।

मेडिकल विद्यार्थी सौन्दर्य क्षेत्रतर्फ आकर्षित भएको बिषयमा श्रद्धा भन्छिन् ‘म पहिलेदेखि नै सामाजिक कार्यमा रुचि राख्दै आएकी थिएँ । साथै म स्वास्थ्य क्षेत्रमा पनि छु । यसकारण मैले मेरो जीवनमा गर्न चाहाने कुरा भनेको मानसिक स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन हो ।’

उनले अगाडी भनिन् ‘मानसिक स्वास्थ्य सम्बन्धी हाम्रो समाजमा रहेको गलत प्रवृत्ति हटाउन म यो क्षेत्रमा आएँ । यो क्षेत्रमा लाग्नुको मुख्य कारण धरै मानिसहरुसँग मेरो देखभेट हुन्छ । मैले मेरा कुरा धेरै जनालाई बाँड्न पाउँछु । मेरो मानसिक स्वास्थ्य सम्बन्धी उद्देश्य पूरा गर्न सक्छु भनेर म यस ब्युटी पेजेन्ट तर्फ मोडिएकी हुँ ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार