देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेयर र उपमेयरमा श्रीमान श्रीमतीको उम्मेदवारी

0

काठमाडौं – संखुवासभाको खाँदबारी नगरपालिका मेयर र उप मेयरमा श्रीमान र श्रीमतीको उम्मेदवारी परेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टीले खाँदबारी नगरपालिकाको मेयरमा सिताराम तिम्सिना र उपमेयरमा उनकै श्रीमती मैयाँदेवी चिमरियालाई उम्मेदवार बनाएको हो ।

मेयर उम्मेदवार बनेका तिम्सिना जनता समाजवादी पार्टीको संघीय परिषदका केन्द्रीय सदस्य हुन् । पार्टीले जिम्मा दिएपछि श्रीमान–श्रीमतीले नै एउटै पार्टीबाट एउटै पालिकामा उम्मेदवारी दिएको तिम्सिनाले बताए ।

खाँदबारी नगरपालिका मेयरका लागि लागि ३ स्वतन्त्र सहित ९ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार