देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘मेरो भ्वाइस युनिभर्स’ मा सिक्किमका प्रितमले जिते १ करोड

0

काठमाडौं – नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ मा सिक्किमका प्रितम राई विजेता बनेका छन् ।

शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा राई विजेता बनेका हुन् । उनले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

शनिवार इन्ट्रा फाउन्डेसन अमेरिकाद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स प्रतियोगिता सुरुदेखि नै प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी थिए ।

प्रधानमन्त्री दाहालले बेलुकी ५ बजेदेखि १० बजेसम्म कार्यक्रमलाई समय दिएका थिए । उनको उपस्थितिले प्रतियोगीलाई हौसला प्रदान गरेको आयोजक पक्षले जनाएको छ ।

यस्तै मेरो डान्स युनिभर्स’को उपाधि थाइल्याण्डकी खुसी कार्कीले जितेकी छिन् । उनले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर पाएकी छिन् ।

शनिबार सम्पन्न ग्रान्ड फिनालेमा प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए।

यो नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो हो । फाउन्डेशनले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर रियालिटी शो आयोजना गरेको हो ।

कार्यक्रमा सभामुख देवराज घिमिरे लगायत मन्त्री र राजनीतिक दलका नेताहरु कार्यक्रम स्थलमा पुगेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार