देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेलम्चिको मुहान पुग्ने वैकल्पिक बाटोको लागि थप ४० करोड विनियोजन

0

काठमाडौं – काठमाडौं देखि हेलम्बु मेलम्चि खानेपानि मुहान सम्मको सडक स्तरोन्नति हुने भएको छ ।

मेलम्चि खानेपानि मुहानसम्म जानकोलागी वैकल्पिक मार्गको रुपमा चिनिएको सुन्दरिजल पाटिभञ्ज्याङ्ग कुटुमसाङ अम्बाथान मेलचिहेडवर्कस सडकको लागी अर्थ मन्त्रालय मार्फत थप ४० करोडको रश्रोत सुनिश्चितता भएपछी टेण्डर प्रकृया अघि बढेको हो ।

गत बर्ष हेलम्बु क्षेत्रमा आएको बाढिका कारण हेलम्बु बस्तिसँगै क्षत विक्षत भएको मेलम्चि खानेपानि आयोजनाको मुहानसम्म यो बाटो बाट बिना अवरोध सजिलै र छिटो पुगिन्छ ।

छोटो र सजिलो हुनालेनै आफुले यो बाटोको लागी दिलोज्यान दिएर लागेको  हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बाउँछन् ।

अध्यक्ष शेर्पाका अनुसार कुल ५० करोडको लागतमा बन्ने उक्त सडकको १० करोडको टेण्डर भएर काम अघिबढिसकेको छ भने यो ४० करोडको काम पनि तुरुन्तै अघी बढ्ने छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार