देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेलम्चीको दुवाचौरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २५० ले लिए सेवा

0

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका –७ दुवाचौरमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २५० जनाले सेवा लिएका छन । स्तुपा सामुदायिक अस्पताल काठमाडौंको समन्वय र मेलम्ची नगरपालिका वडा नम्बर ७ को आयोजनामा स्वास्थ्य शिविर गरिएको हो ।

स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा स्त्री रोग सम्बन्धि सेवा , सामान्य चिरफार सेवा , सामान्य चिकित्सा सेवा, निःशुल्क औषधि वितरण सेवा र महिलाहरुको पाठेघरको मुखको क्यान्सर ,स्तन क्यान्सर आङ खस्ने तथा फिस्टुला रोगको परिक्षण तथा परामर्श सेवा प्रदान गरिएको दुवाचौर स्वास्थ्य चौकीका प्रमुख रमिता लामाले जानकारी दिइन् ।

थप उपचार गर्नुपर्नेलाई स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटी काठमाडौंमा उपचार र औषधिमा बिशेष छुट गरिने अस्पतालका प्रसाशन शाखाका प्रह्लाद लामाले जानकारी दिए ।

कार्यक्रमको उद्घान गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले टोल टोलमै विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य सेवा पुर्याउन नगरपालिका लागि परेको बताए ।

बिशेष अतिथि उपप्रमुख उमा प्रधानले महिलाहरुले आफुमा भएको स्वास्थ्य समस्या निर्धक्क भएर राख्न आग्रह गरिन् । गाँउ घरमै बिशेषज्ञ डाक्टर सहितको सेवा पाएकामा स्थानियले खुशी व्यक्त गरेका छन ।

कार्यक्रममा समाजसेवी डा कृष्ण सुवेदी, मेलम्ची नगरपालिका वडा नम्बर ७ का पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, वडा सदस्यहरु श्रीकृष्ण श्रेष्ठ,सलिना श्रेष्ठ ,टकबहादुर घले,  पुर्व गाविस अध्यक्ष अर्जुन गिरी , उपाध्यक्ष ग्याल्जेन दोङ लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम मेलम्ची नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पासाङ तामाङको अध्यक्षतामा भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार