देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेलम्चीको पानी काठमाडौं ल्याउने जिम्मा सिनो हाइड्रोलाई

0

काठमाडौं – सरकारले बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स क्षेत्र पुनर्निर्माणको काम चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो कम्पनीलाई भेरिएसनमार्फत गराउन स्वीकृति दिएको छ।

सरकारले आयोजनाको मुहान क्षेत्रमा थुप्रिएको गेग्य्रान सफा गरेर मेलम्चीको पानी अस्थायी रूपमा पथान्तरण गर्ने काम भेरिएसनमार्फत गराउन मेलम्ची खानेपानी विकास समितिलाई स्वीकृति दिएको हो।

समितिले आयोजनाको हेडवक्र्स तथा सुरुङ निमाणको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोलाई करिब ३२ करोड रूपैयाँ लागतको भेरिएसन स्वीकृत भएको पत्र चार दिनअघि दिइसकेको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौड्यालले मन्त्रिपरिषद्को बैठकले मेलम्चीको पानी अस्थायी रूपमा पथान्तरणको काम भेरिएसनमार्फत गर्न स्वीकृति दिएको जानकारी दिए।

‘मन्त्रिपरिषद् बैठकले मेलम्ची आयोजनाको काम भेरिएसनमार्फत गराउन स्वीकृति दिइसकेको छ,’ उनले भने, ‘समितिले पनि चार दिनअघि ठेकेदार कम्पनी सिनो हाइड्रोलाई भेरिएसन स्वीकृति भएको जानकारी गराइसकेको छ।’

‘अब केही दिनभित्रै ठेकेदार कम्पनीले क्याम्प तयार पारेर हेडवक्र्स क्षेत्रमा थुप्रिएको गेग्य्रान र संरचना हटाउने काम सुरु गर्नेछ।’ ठेकेदार कम्पनीले केही दिनभित्रै हेडवक्र्स क्षेत्रको मर्मतसम्भार तथा पुनर्निर्माणको काम सुरु गर्ने पनि उनले बताए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार