देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेलम्चीको पानी पिउन पाउनुपर्ने भन्दै काठमाडौँमा बन्यो संघर्ष समिति

0

काठमाडौं – हिउँद याममा पनि काठमाडौँमा मेलम्चीको पानी नियमित पिउन पाउनुपर्ने भन्दै काठमाडौंमा संघर्ष समिति बनेको छ ।

धारामा मेलम्चीको पानी आउन बन्द भएर ट्याङ्करको पानी किनेर खानुपर्ने बाध्यतामा पुगेपछि काठमाडौँमा पानी ल्याउनका लागि संघर्ष समिति बनेको हो ।

हालै काठमाडौँ महानगरपालिका वडा नम्बर ३२, कोटेश्वरका स्थानीय मिलेर बनाएको मेलम्ची खानेपानी सङ्घर्ष समिति केवल समितिमा मात्रै सीमित नभई काठमाडौँमा पानी ल्याउनका लागि दौडधुपसमेत थालेको छ ।

काठमाडौँ पानी पठाउने मुख अर्थात् इन्टेकमा फलामको पाताले छेकिएको पाइएकोले सो पाता हटाएर सुरुङभित्र पानी पठाएर काठमाडौँ ल्याउन सकिने उनीहरुको दाबी छ । स्थलगत अवलोकन गरेर काठमाडौँ फर्किएका समितिका सदस्यहरुले मेलम्चीको पानी ल्याउन खासै समस्या नभएको औंल्याएका छन् ।

शुक्रबार कोटेश्वर महादेवस्थनमा संघर्ष समितिले गरेको पत्रकार सम्मेलनमा समितिका संयोजक गोविन्दराज पन्तले समाचारमा आएको जस्तो मेलम्चीको पानी ल्याउन समस्या नभएको निष्कर्ष सुनाए । संघर्ष समितिले स्थलगत अवलोकन गर्दा पाइएको विषयहरुका फोटो तथा भिडियो पनि उनले देखाए ।

मङ्सिर ८ गते संघर्ष समितिले निर्णय गरेर ६ जना सदस्य मेलम्चीको वास्तविक अवस्था स्थलगतरुपमै थाहा पाउन मेलम्ची आयोजनाको हेडवक्र्ससम्म पुगेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार