देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेलम्चीबाट एकैदिन २६ जुवाडे रङ्गेहात पक्राउ

0

सिन्धुपाल्चोक – जिल्लास्थित इलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकले एकैदिन विभिन्न स्थानबाट नगदसहित २६ जुवाडे पक्राउ गरेको छ ।  सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा जुवा खेलिरहेका अवस्थामा उनिहरूलाई इप्रका मेलम्चिको टोलिले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले मेलम्ची नपा वडा नम्बर ८  केउरेनीमा चुलनाथ गिरीको घरमा अवैध रूपमा जुवा कौडा खेलिरहेको अवस्थामा ६ जनालाई १६ थान कौडा र नगद १ लाख ४ हजार ५ सय पैंतालीस बरामद गरिएको बताए ।

त्यस्तै प्रहरी निरीक्षक तामाङका अनुसार  वडा नम्बर ५ सिन्धुकोटमा रहेको हरि भन्ने लोकबहादुर रायमाझीको घरमा कौडा खेलाईरहेको अवस्थामा नगद ३ लाख तेईस हजार ३ सय पैंतालीस नगद सहित २० जना पक्राउ परेका छन् । उक्त जुवा घरवाट प्रहरीले १६ थान कौडा, ५ बुक  तास समेत बरामद गरेको छ ।

पक्राउ परेका २६ जनाविरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भईरहेको र आवश्यक प्रक्रिया पुरा गरी कार्वाही अघी बढाइने प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार