देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेलम्चीमा आवत जावतमा थप कडाइ 

0

(देवराज सुवेदी/ सिन्धुपाल्चोक) – मेलम्ची नगरपालिकाले आवत जावतमा थप कडाइ गरेको छ । आजै मात्र लुम्बिनि बाट आएका १ जनालाइ क्वारेन्टाइनमा राखिएको छ । उनलाइ लिएर पाँचपोखरी थाङ्पाल गाउँपालिका जान लागेका बाइक चालक र उनलाइ खाल्डेखोला प्रहरीले नियन्त्रण्मा लिएको इलाका प्रहरी कार्र्यलय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिए । चालकलाइ भने होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

बाइकको माध्यमले मानिसहरु ओसार प्रसारगर्नेलाइ निगरानि गरि यस्तो गतिबिधिलाइ बन्द गरिने मेलम्ची नगर उपप्रमुख भगवति नेपालले जानकारी दिइन । अहिले मेलम्ची क्षेत्रिय क्वारेन्टाइनमा ८ जना रहेको उपप्रमुख नेपालले जानकारी दिएकि हुन् ।

यसैबिच आज बाट पुन लकडाउनलाइ थप कडाइ पारिएको छ । म्यान क्याचर यन्त्रबाट ७ महिला र १३ पुरुषलाइ नियन्त्रणमा लिइ कोरोना सक्रमण हुने तरिका, लकडाउन र हातधुने तरिकाको बारेका १ घण्टाको प्रशिक्षण पछि अब लकडाउनको उलङ्घन नगर्ने सर्तमा छोडिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिएका छन् ।

साथै लकडाउनलाइ ब्यवास्ता गर्दै गुडेका १५ वटा मोटरसाइकल र चालकलाइ कार्बाहि गरिएको तामाङले जानकारी दिए । सघिंय सरकारको निर्देशन अनुसार मेलम्ची प्रवेश गर्ने नाकाहरुमा थप कडाइ गरिएको छ । बाहुनेपाटि, भोटेचौर, र ढाँडखोलाका नाकाहरुमा थप कडाइ गरिएकोे तामाङ्ले जानकारी दिएका हुन । साथै अति आवश्यक काम बाहेक हिड्डुल नगर्न र मानिसहरु ओसार पसार नगर्न इलाका प्रहरी कार्यालय मेलम्चीले अनुरोध गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार