देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेलम्चीमा मेलमिलाप प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

0

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्चीमा मेलमिलाप प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

मेलमिलाप प्रशिक्षक प्रशिक्षण तालिम मेलम्चीमा सम्पन्न भएको छ । “दिगो शान्तीको लागी समुन्नत समाज” भन्ने नारा सहित मेलम्ची नगरपालिकाको आयोजना,सामुदायिक मेलमिलाप केन्द्रको समन्वय र प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रको सहजिकरणमा भएको तालिम नेपालको ७५३ स्थानिय तहमध्ये पहिलो मेलम्चीमा भएको हो।

कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले तालिमा बाट प्राप्त गरेका ज्ञान हरुलाई समुदाय स्तरमा पुगेर प्रशिक्षण दिनुपर्ने बताए ।

प्रशिक्षार्थी बाट प्रशिक्षक भएकोमा बधाई दिदै नगर प्रमुख तामाङले अन्यत्र गएर समेत प्रशिक्षण दिने गरि योजनाबद्ध भएर अगाडि बढ्न आग्रह गरेका थिए । सिकेको कुरा सिकायो भनेमात्र ज्ञान बढ्ने भएकाले घरमा गएर  प्रमाणपत्र थन्क्याएर नबस्न समेत उनले सुझाएका थिए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक उमा प्रधानले तालिम संचालनको लागी देखापरेका चुनौतीको स्मरण गर्दै देखिएका अफ्ट्यारा परिस्थितिको सामना गरेको बताइन् । कम्तीमा ब्याचलर सकिएका मात्र प्रशिक्षक बन्ने कानुन बनेकाले सहभागी छनोट गर्न समस्या भएको उनको भनाइ थियो ।

कार्यक्रमका प्रशिक्षक दिपक भट्टले यो ज्ञान हासिल गरिसकेपछि समुदाय स्तरमा लागु गर्न आग्रह गर्नुभयो । ज्ञान भनेको जति बाढ्यो त्यति बढ्ने भएकाले तालिमबाट बाट पाएको बिउलाई समुदायमा गएर छर्न आग्रह गरे।

तालिमको चुपबहादुर थापा,दिपक भट्ट,गिता मानन्धर,टिका सुवेदी लगायतले सहजिकरण गरेको मेलम्ची नगरपालिकाका न्यायीक समिति सहजकर्ता अस्मिता अर्यालले जानकारी दिइन् । 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार