देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष संजय शर्मासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

0

काठमाडौं –  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मालगायत १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मेलम्ची खानेपानीको तत्कालीन ठेकेदार सीएमसी कम्पनीलाई गैरकानुनीरुपमा पेस्की रकम दिएको भन्दै अख्तियारले पूर्व सचिव उपाध्यायसहित १८ व्यक्ति तथा फर्मविरुद्ध मुद्दा दायर गरेको हो । 

आज आइतबार अख्तियारले मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू डा. संजय शर्मा, भिम प्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसमेत १५ जना र परामर्शदाताहरू तथा निर्माण कम्पनीउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो।

मेलम्ची खानेपानी आयोजनाको निर्माण व्यवसायी सीएमसी दि रभेना लाई रनिङ्ग बिल आईपीसी ३४ मा काम नै नगरी भुक्तानी गरेको,पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेसिन तथा अन्य सामाग्री निर्माण व्यवसायी सीएमसी दि रभेनाले प्रयोग गरेवाफतको रेन्टल चार्ज समेत कट्टा गरी भुक्तानी गरेको, पछिल्लो विलबाट समायोजन गर्ने भनिएको बढी भुक्तानी रकम पछाडिका विलमा समेत समायोजन नगरेको भन्ने उजुरी निवेदनका आधारमा  अनुसन्धान हुँदा सरकारी सम्पत्ती हानी नोक्सानी गरी निर्माण व्यवसायीलाई लाभ गराएको पुष्टि हुन आएको अख्तियारको ठहर छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार