देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेलम्ची खानेपानी वितरणको उद्घाटन राष्ट्रपतिले गर्ने

0

काठमाडौै – बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज पुनः दोस्रो पटक औपचारिक रुपमा उद्घाटन गरीने भएको छ । गत आइतबारबाट  पानी वितरण गर्न थालिएको भएपनि आज राष्ट्रपति विद्यादेवी भण्डारीले  काठमाडौैको भृकुटी माण्डपबाट  धाराको टुटी खोलेर औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौंमा शुक्रबार दिउसो विशेष कार्यक्रम गरी उत्सवका रुपमा पानी वितरणको औपचारिक शुभारम्भ गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ । कार्य्रकम प्रधानमन्त्री केपी शर्मा ओली खानेपानी मन्त्री, उच्च पदस्थ सरकारी अधिकारीहरु लगायत को उपस्थिति रहने छ ।

यसअघि पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेलका अधिकारी हरुले गत आइतबार नै आयोजनाको पनी पानी अनामनगर घटेकुलो मिनभवन लगायतका स्थानमा वितरण गरिसकेपनि पुनः दोस्रो पटक राष्ट्रपतिले उद्घाटन गर्न लागेकी हुन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार