देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेलम्ची नगपालिका र काठमाडौं विश्वबिद्यालय धुलिखेल बिच समझदारी पत्रमा हस्ताक्षर

0

सिन्धुपाल्चोक – काठमाडौं विश्वविद्यालय र मेलम्ची नगरपालिका बिच आपसि सहयोग स्थापनाको लागि समझदरीपत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार काठमाडौं विश्वविद्यालयले मेलम्ची नगरपालिकाको समग्र र दिगो विकासको लागि प्राविधिक सहयोग प्रदान गर्ने, नगरपालिका संगको साझेदारीमा शैक्षिक गुणस्तर सुधारको लागि अनुसन्धान गर्ने तथा नगरको समग्र विकासको लागि आवश्यक अल्पकालिन एंब दिर्घकालिन परामर्श सेवा उपलव्ध गराउने छ ।

समझदारी पत्रमा काठमाडौं उपकुलपति प्रा.डा. रामकन्ठ मकाजु श्रेष्ठ र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले हस्ताक्षर गरेका छन् । यस समझदारीले मेलम्ची नगरपालिकाको शिक्षक तालिम मार्फत सार्वजनिक शिक्षा क्षेत्रको गुणस्तर सुधार हुने, विशेषज्ञ सहितको स्वास्थ्य सेवा विस्तार हुने, जलाधार संरक्षणमा मद्दत पुग्ने, विपत्त व्यबस्थापनमा सहयोग पुग्ने , स्वरोजगारमुलक सिपयुक्त जनशक्ति उत्पादन हुने तथा वातावरण मैत्री दीगो पुर्वाधार विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार