देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेलम्ची नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

0

(सिन्धुपाल्चोक) – चाइल्ड नेपाल We World GVC Onlus ले मेलम्ची नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि १३ थान पीपीइ, १३ थान थर्मल गन र २६ थान N95 मास्क आज चाइल्ड नेपालले मेलम्ची नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

यस प्रकारको सहयोगले मेलम्ची नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई आगामी दिनहरुमा सहज रुपमा कोरोना संक्रमण परिक्षण गर्न सहज हुने मेलम्ची नगरपालिकाका उपमेयर  भगवती नेपालले बताइन् । सहयोग सामग्री ग्रहण गर्दै  उनले नगरपालिकाको तर्फबाट चाइल्ड नेपाल र We World GVC Onlus लाई धन्यवाद व्यक्त गरिन ।

चाइल्ड नेपालले विगत १३ वर्षदेखि मेलम्ची क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाई बाल संरक्षण, शिक्षा र स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्दै आएको र कारोनाको संक्रमणका लागि यस प्रकारको सहयोगले मेलम्ची नगरपालिकालाई सहयोग गर्ने कुरा सहयोग सामग्री हस्तान्तरण गर्दै चाइल्ड नेपालका निर्देशक मोहन दँगलाले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार