देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेलम्ची नगर प्रमुखमामा कांग्रेसका तामाङ र उपप्रमुखमा एमालेकी प्रधान विजयी

0

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार आइतमान तामाङ ११ हजार २ सय ५८ मत ल्याएर विजयी भएका छन् ।

कांग्रेस-राप्रपाको गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका तामाङले ९३ मतान्तरले एमालेका बालकृष्ण देउजालाई हराएका हुन् । तामाङले ११ हजार २ सय ५८ मत ल्याउँदा देउजाले ११ हजार १ सय ६५ मत ल्याएका हुन् ।

उपमेयरमा एमालेकी उमा प्रधानले १० हजार १ सय ६४ मत ल्याएर विजयी भएका छन् । राप्रपाबाट उपमेयर उम्मेदवार कुमारी मोक्तानलाई एमालेकी प्रधानले पराजित गरेकी छन् । मोक्तानले ८ हजार ३६४ मत ल्याएर पराजय बेहोरेका छन् ।

अघिल्लो स्थानीय तह ०७४ निर्वाचनमा एमालेका डम्बर अर्यालसँग केही मतले कांग्रेसका आइतमान तामाङ पराजित भएका थिए ।

अर्यालसहित केही वडा र उपमेयरमा एमालेकी भगवती नेपाल निर्वाचित भएका थिए । यसपटक पुनः त्यही पदमा उम्मेदवारी दिएका उनले बाजी मारेका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार